May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

हुम्लामा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका-७ धारापोरीमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको पाँच महिना भएको छ । मर्मतमा नेपाल टेलिकम शाखा हुम्लाले वास्ता नगर्दा सेवाग्राहीले पाँच महिनादेखि सास्ती खेप्नु परेको छ ।

गत मंसिरमा बिग्रिएको नमस्ते टेलिफोन टावरको अझै मर्मत हुन सकिरहेको छैन । पाँच महिना टेलिफोन सेवा अवरुद्ध हुँदा उत्तरी नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका अधिकांश गाउँका नागरिक सञ्चारमा जोडिसकेका छैनन् ।
सिमकोट-७ धारापोरीमा रहेको टावरमा खराबी आएका कारण पाँच महिनादेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय पाङ्लाथुम गाउँका बासिन्दा सरिता शाहीले गुनासो गरे । धारापोरी टावरमा खराबी आएका कारण दुई गाउँपालिकाका सिमकोट र नाम्खाका केही वडाका सेवाग्राहीलाई समस्या भएको छ ।

धारापोरीको ठाडा ढुङ्गा लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सिमकोटका स्याडा, डाडाँफया, चौगनफाय, धारापोरी, खोल्सी र पाङ्लाथुम तथा नाम्खाका हेप्का, धिगाँ, केर्मी, खगालगाउँ, गाडापारीलगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित रहेको स्थानीयवासी संगीता शाहीले बताइन् ।

शीर्ष समाचार

धेरै पढिएको