October 20, 2026, Tuesday
KN hd tv

बैंकको ब्याजदर बढाउने नीर्णय : ३.५९ प्रतिशतले सेयर बजार लाग्यो ओरालो

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप (बचत)को ब्याजदर बढाउने निर्णय गरेसँगै सेयर बजारमा उच्च गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ३.५९ प्रतिशतले आरोलो लाग्यो। 

आइतबार सेयर बजार १००.६७ अंक (३.५९ प्रतिशत)ले घटेर २७००.८९ बिन्दुमा झरेको छ। गत शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाको लागि बचतको ब्याजदर बढाउने सूचना दिएका थिए। 

शुक्रबारको सूचनानुसार आइतबार (फागुन १ गते) अधिकांश बैंक तथा वित्त कम्पनीले बचतको ब्याजदर बढाएका छन्। जसको असर सेयर बजारमा देखिएको जानकारहरु बताउँछन्। 

गत हप्ता पनि ७५.१८ अंकले सेयर बजार ओरालो लागेको थियो। आज सेयर बजारमा उच्च गिरावट आएको भएता पनि खरिदबिक्री रकममा भने अहिल्लो कारोबार दिनहरुमा भन्दा सुधार भएको छ। आज ६ अर्ब ५ अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

आज २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। सबै समूहका सूचक घटेका छन्।

आइतबार ३२ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार रकमसहित अपर तामाकोशी अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र निफ्रा परेका छन्।

शीर्ष समाचार

धेरै पढिएको