बाजुरामा बँदेलको आक्रमणमा परी एकको मृत्य
- Khabar Nirantar
- २०७८ माघ २५
मार्तडी– बाजुराको बूढीनन्दा नगपालिकामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बँदेलको आक्रमणमा परी बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई सोमबार दिउँसो बँदेलले आक्रमण गरी घाइते बनाएको थियो।
घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। रासस
शीर्ष समाचार
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप

प्रतिकृया दिनुहोस्