रोकिराखेको ट्रकमा कार गएर ठोक्किँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते
बुटवल – रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा कारमा सवार तीन जनाको ज्यान गएको छ । दुर्घटनामा कारमा सवार दुई जना गम्भीर घाइते भएका छ्न् ।
बुटवल उपमहानगरपालिका-१२ तामनगर नजिक पूर्व पश्चिम् राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा पश्चिमबाट आउँदै गरेको लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठोक्किएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।प्रतिक्रिया

प्रतिकृया दिनुहोस्