शेयर बजारमा उच्च अंकको वृद्धि
- Khabar Nirantar
- २०७८ पुष २१
काठमाडौँ– शेयर बजारमा मंगलबार ६३ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३ दशमलव १ अंकले वृद्धि भई दुई हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । यसदिन दुई सय ३४ कम्पनीका ९१ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकहरू पनि सकारात्मक भएका छन् । यसदिन उत्पादन र अन्य समूह बाहेकका समूहगत परिसूचक वृद्धि भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह ५ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार एक सय ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको स्थिर रहेको छ ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्