September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

आजको सोमबार पनि खुलेन पशुपतिनाथको मन्दिर

काठमाडौं- साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर बन्द भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भिड हुने कार्यालय अझैसम्म पनि बन्द छ । सोही कारण पशुपतिनाथको मन्दिर पनि बन्द भएको हो ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

साउनको पहिलो सोमबार ५ गते हजारौँ भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको