May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

जुम्ला पुगे डा. केसी., भन्छन्ः ‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’

काठमाडौँ- चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारका अभियान्ता  डाक्टर गोविन्द केसी जुम्ला पुगेका छन् ।

हेलिकप्टरमार्फत जुम्ला पुगेका केसीले विगतमा आफूसँग गरिएका सम्झौताहरु तीन हप्तामा पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसको पढाइ सुरु गर्नुपर्ने, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तरतर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने र चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको