October 19, 2026, Monday
KN hd tv

आज प्रतितोला १०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य १०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ९१ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन ९२ हजार रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो। 

यस्तै,  तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ४०० तोकिएको छ। सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रूपैयाँले घटेर एक हजार २०५ तोकिएको महासंघले जनाएको छ। 

शीर्ष समाचार

धेरै पढिएको