March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

जाजरकोटमा बस दुर्घटना : पाँचको मृत्यु, २७ जना घाइते

काठमाडौं– जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रिबस जाजरकोठको कुदु बराहचौक नजिक दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ।

बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। बसमा ३२ यात्रु रहेको उनको भनाइ छ।  

घाइतेहरुको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। राति साढे २ बजेतिर नै  बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो। मृतक तथा घाइतेको विवरण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको