डुँगा दुर्घटना, २७ जनाको मृत्यु
काठमाडौं- बेलायत जाने प्रयास गरिरहेका कम्तिमा पनि २७ आप्रवासीको इंग्लिश च्यानलमा डुँगा डुब्दा मृत्यु भएको छ। यो दुर्घटना फ्रान्सको केले नजिक भएको थियो।
इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले सन् २०१४ मा डेटा संकलन सुरु गरिएपछि उक्न क्षेत्रमा भएको यो सबैभन्दा ठूलो दुर्घटना हो।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दुर्घटनाबाट आफू दु:खि भएको र बेलायतले मानव तस्करीको गिरोहलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।
फ्रान्सका गृहन्त्री जेराल्ड डेगमनाले मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि रहेको बताएका छन्।
जेराल्ड डेगमनाले दुई जनालाई बचाउन सफल भएको र एक जना अहिलेपनि हराइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ।
उनले चार जनालाई बेल्जियमको सीमा नजिकबाट पक्राउ गरिएको जनाएका छन्।
बुधबार दिउँसो एक माछा मार्ने डुँगाले फ्रान्सको तटमा कयौं मानिसको शव देखेपछि अधिकारीहरुलाई सूचित गरेको थियो।
फ्रान्स र बेलायतका अधिकारी इंग्लिश च्यानलमा हवाई र समुद्री बाटोको माध्यमबाट उद्धार अभियान चलाइरहेका छन्।
#दुर्घटना
प्रतिकृया दिनुहोस्