रौतहटमा सडकबाट कार पोखरीमा खस्यो, चार भारतीय नागरिकको मृत्यु
गए राति १० बजेतिर चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ आइरहेको कार सडकबाट करिब २० मिटर तल पोखरीमा खसेको थियो।
पानीमा डुबेको कारको सीसा फोरेर प्रहरीले चार जनालाई उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि अस्पताल लगेकोमा अस्पतालले गए राति नै मृत घोषणा गरेको थियो।
यमुनाई गाउँपालिकाको झुन्खुन्वा चोकनजिकै भारतीय नम्बर प्लेटको कार दुर्घटनामा परेको थियो।
यमुनाई गाउँपालिकाको झुन्खुन्वा चोकनजिकै भारतीय नम्बर प्लेटको कार दुर्घटनामा परेको थियो।
‘कारको सीसा फोरेर उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याएका थियौं। अस्पतालले मृत घोषणा गर्यो,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक बिनोद घिमिरेले भने।
शवलाई पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ।
उनीहरू भारतको बिहारका भएको खुले पनि खनाखत भइसकेको छैन। ‘एक जना मृतकको आफन्त सम्पर्कमा आउनुभएको छ,’ उनले भने।
घटनाबारे भारतीय प्रहरीलाई जानकारी गराइसकिएको उनले बताए।

प्रतिकृया दिनुहोस्