October 18, 2026, Sunday
KN hd tv

पाँच विकास बैंकको लाभांश घोषणा, कसको कति?

काठमाडौं– हालसम्म नेप्सेमा सूचिकृत भएकामध्ये पाँच विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गरेकामध्ये केहीले साधारण सभा गरिसकेका छन् भने केहीले बुकक्लोजमात्र गरेका छन्। घोषित लाभांश साधारण सभाबाट पारित भएपश्चात मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।

लाभांश घोषणा गर्ने विकास बैंकमध्ये सबैभन्दा धेरै कामना सेवा विकास बैंकको रहेको छ भने सबैभन्दा थोरै सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश रहेको छ। सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक लिमिटेडले लाभांश प्रयोजनका लागि बुकक्लोज गरिसकेको छन्। 

कामना सेवा विकास बैंक लिमिटेडले पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंक सञ्चालक समितिलेप्रस्ताव गरेको लाभांश कात्तिक २३ गते सम्पन्न १५औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते बुकक्लोज गरेको थियो।

मुक्तिनाथ विकास बैंकले चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको  कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई दिने लाभांश प्रस्ताव गरेको हो। हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोजको मिति तोकेको छैन।

लुम्बिनी विकास बैंकको कात्तिक ८ सम्पन्न बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।  कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा बैंकले हालसम्म साधारण सभा तथा बुकक्लोज मिति भने तोकेको छैन

गतआवको मुनाफाबाट बोनस घोषणा गर्ने अर्को रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक। बैंक सञ्चालक समितिको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति भने तोकेको छैन।

हालसम्म घोषितमध्ये सबैभन्दा कम बोनस प्रस्ताव गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ। असोज १९ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।  बैंकको कुल १०.५२६३ प्रतिशत लाभांश कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ। 

शीर्ष समाचार

धेरै पढिएको