October 19, 2026, Monday
KN hd tv

घट्यो अछाम-धनगढी हवाइ भाडा

अछाम – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ ।

निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए ।

यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियो । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ ।

समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको