December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

‘अन्तिम’मा सरदारको भूमिकामा सलमान खान

काठमाडौं– सलमान खान र आयुष शर्मा अभिनित फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’को ट्रेलर सोमबार सार्वजनिक भएको छ।एक्सनले भरिएको ट्रेलरमा सलमान र आयुषबीच ग्याङस्टार र प्रहरीबीचको द्वन्द्वलाई देख्न सकिन्छ।

महेश मान्जरेकरले निर्देशन गरेको फिल्ममा सलमान खान सरदारको भूमिकामा देखिएका छन्, जहाँ उनको फरक व्यक्तित्व देश्न सकिन्छ। सन् २०१८ मा प्रदर्शनमा आएको मराठी फिल्म ‘मुलशी प्याटर्न’को हिन्दी रिमेकको रुपमा बनेको फिल्ममा सलमान र आयुषसँगै प्रज्ञा जायसवाल र महिमा मकवाना मुख्य भूमिकामा रहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा सलमान खानले आफ्नो इच्छाअनुसार केही थप दृश्यलाई राखेका छन्। फिल्मबाट आफ्ना दर्शकलाई सन्तुष्ट बनाउनका लागि फिल्ममा थप दृश्य राखिएको खानले बताएका छन्।

पोस्ट प्रोडक्सनको क्रममा आफ्नो भूमिकाका दृश्यहरुको कमी महसुस गरेपछि खानले मुम्बई र प्रहरी कार्यालयमा छायांकन गरी थप १० मिनेटको दृश्य थपेको बताइएको छ।

फिल्म २६ नोबेम्बरबाट सिनेमा हलमा प्रदर्शन हुँदै छ।
 

शीर्ष समाचार

धेरै पढिएको