पानीको खाल्डोमा वृद्ध मृत फेला
- Khabar Nirantar
- २०७८ भाद्र २
मोरङ- मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलमा पानी जमेको खाल्डोमा एक जना वृद्ध पुरुष मृत फेला परेका छन् । रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दास बाटोको छेउमा पानी जमेको खाल्डोमा मंगलबार साँझ मृत फेला परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पानी जमेको खाल्डोमा वृद्धको शव भेटिएको हो । खाल्डो गहिरो नभएकाले घटना शंकास्पद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शवको रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्