चट्याङ लागेका ११ वर्षीय बालकको गयो ज्यान, तीन जना घाइते
- Khabar Nirantar
- २०७८ श्रावण २८
गुल्मी – गुल्मीको इस्मा गाउँपालिकामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । इस्मा गाउँपालिका–४ का ११ वर्षीय राहुल गन्धर्वको बुधबार साँझ परेको चट्याङले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार ३९ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रुपा नेपाली र ११ वर्षीय किस्मत नेपाली घाइते भएका हुन् ।
उनीहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारगरी थप उपचारको लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ । चट्याङ लागेर स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेका छन् ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्