तोलामा १५ सयले घट्यो सुनको भाउ
काठमाडौं– साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य ओरालो लागेको छ। आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला रू. ९० हजारमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रवार ९१ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ। शुक्रवार प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार १२ सय ४० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।
शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो।

प्रतिकृया दिनुहोस्