गण्डकी प्रदेशका नवनियुक्त ६ मन्त्रीहरुले लिए शपथ
- Khabar Nirantar
- २०७८ श्रावण ८
काठमाडौं– गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। शुक्रबार गण्डकी प्रदेशमा थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
कांग्रेसबाट बिन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुनमन्त्री, मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मणिभद्र शर्माले शपथ लिए।
त्यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन्।
शीर्ष समाचार
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द

प्रतिकृया दिनुहोस्