October 18, 2026, Sunday
KN hd tv

मेगा बैंकले ल्यायो फोनबाटै २ लाखसम्मको कर्जा दिने योजना

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले स्मार्ट फोनबाटै तत्काल प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।

आफ्ना ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले बैंकले एफ वान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो। यस सुविधामार्फत् मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरूले ३० दिनसम्मका लागि अधिकतम दुई लाख रूपैयाँसम्म उपयोग गर्न सक्नेछन्।

बिनाझन्झट, बिनाधितो, बैंकमा उपस्थित नभइ, बिना कुनै कागजात तत्कालै फोनमार्फत् कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ई-बैंकिङ प्रमुख विश्व सिंहले बताए।

मेगा स्मार्ट बैंकिङ एपमार्फत् अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिने बैंकले जनाएको छ।

‘कर्जा लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नु पर्दैन र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनुपर्दैन। कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत् पूरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्नेछ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

शीर्ष समाचार

धेरै पढिएको