October 19, 2026, Monday
KN hd tv

गण्डकी प्रदेश सरकारले विपद कोषमा ५ करोड राख्ने

काठमाडाैं– गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। वर्षाले क्षति पुर्‍याएका जिल्लामा उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम छुट्याइएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्ष रहेको प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिएका छन्।

प्रदेश सरकारले ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ तत्काल राहतका लागि रकम पठाएको छ।

यसैबीच, मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली बिहीबार मनाङ जाने भएको छ। गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मुख्यमन्त्री पोखरेल मनाङ जान लागेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको