October 22, 2024, Tuesday
KN hd tv

दुई नेपालीले पाए १५ हजार कतारी रियाल पुरस्कार

काठमाडौं-  एक दशकदेखि कतारमा इमान्दारिपूर्वक काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।

कतारमा रहेको नासर अल अली इन्टरप्राइजेस कम्पनीले कम्पनीमा इमान्दारिपूर्वक काम गरेको भन्दै नुनबहादुर दर्जी र धनुषाका रामशंकर दास बनोधियालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार प्रदान गरेको हो ।

उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् सो रकम प्रदान गरेका हुन् ।

पुरस्कार पाउने दर्जी नासर अल अली इन्टरप्राइजेस कम्पनीमा कन्स्ट्रक्सनमा काम गर्न नेपालबाट २००९ मा गएका थिए ।

उनले पछि राम्रो काम गर्दै गएपछि ट्रेडवर्कर भए । हाल कार्पेन्टर मेसनरीदेखि सबै काममा पोख्त उनी पोख्त छन् ।

रामशंकले कम्पनीमा १२ वर्ष बिताइसकेका छन । 

शीर्ष समाचार

धेरै पढिएको