October 18, 2026, Sunday
KN hd tv

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडाैं- साताको अन्तिम कारोबार दिन बिहीबार पुँजीबजार मापक नेप्से दोहोरो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.८० अंकले बढेर २६४८.०१ विन्दुमा कायम भएको हो।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि बढेको छ। सेन्सेटिभ ३.२१ अंकले बढेर ४७६.६० विन्दुमा बन्द भएको छ।

आज कूल पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २१४ वटा कम्पनीका एक करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर ७५ हजार १०८ पटक खरिद-बिक्री भएका थिए।

आज विशाल बजार कम्पनी लिमिटेड र सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १०/१० प्रतिशतका दरले कमाएका छन्। हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.४४ प्रतिशतका दरले गुमाएका छन्।

कारोबार रकमको आधारमा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक अगाडि रह्यो। उक्त बैंकको सबैभन्दा धेरै ६२ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक नै अगाडि रहेको छ। आज उक्त बैंकका १८ लाख ४० हजार ९७६ कित्ता सेयर किनबेच भएका थिए।

ज्योति लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै आठ हजार ४९४ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको