October 18, 2026, Sunday
KN hd tv

११ हिमाल आरोहणका लागि ४६५ ले लिए परमिट

काठमाडौं- सन् २०२१ को वसन्त ऋतुमा ११ हिमाल आरोहणका लागि ४ सय ६५ जनाले अनुमति (परमिट) लिएका छन्।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार चैत ३० गतेसम्म हिमाल आरोहणका लागि ५३ टिमका १०२ महिला र ३६३ जना पुरुषले आरोहण अनुमति लिएका हुन्। 

आरोहण अनुमति लिनेमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी रहेका छन्। सगरमाथा आरोहणका लागि २७५ जनाले अनुमति लिएका छन्। जसमा २१७ जना पुरुष र ५८ जना महिला रहेका छन्।

हिमाल आरोहण अनुमतिबाट सरकारले ३८ करोड १२ लाख ८५ हजार ३ सय ४६ रुपैयाँ रोयल्टी संकलन गरेको छ। आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन ११ वटा शर्तसमेत जारी गरिसकेकाे पर्यटन विभागले जनाएकाे छ।

विभागले एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी कार्य गर्नका लागि आधिकारिक व्यक्ति तोकेर पठाउनुपर्ने शर्त अगाडि सारेको छ। यसबाहेक पर्वतारोही दलले पर्वतारोहणबाहेक अन्य थप गतिविधि गर्ने भएमा अनिवार्य जानकारी गराई स्वीकृत लिएर मात्र त्यस्तो गतिविधि गर्न विभागले भनेको छ। 

शीर्ष समाचार

धेरै पढिएको