October 19, 2026, Monday
KN hd tv

नेप्से २३.२३ अंकले उकालो, ऐतिहासिक विन्दुमा परिसूचक

काठमाडौं- पछिल्लो हप्तादेखि हरेक दिन नयाँ रेकर्ड राखिरहेको नेप्सेले आज पनि निरन्तरता पाएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ अंकमा कायम भएको छ।

आज २०९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार कित्ता सेयर ७६ हजार पटक खरिद बिक्री हुँदा ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ९५.४२ अंकले बढेको छ। त्यस्तै, बैंकिङ समूह ४२.३६, व्यापार समूह ६९.२९, जलविद्युत समूह ३१.६९, वित्त समूह ३.६४ र म्युचुअल फण्ड समूह ०.०६ अंकले बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने निर्जीवन बिमा समूहको उपसूचक ८८.९२ अंकले घटेको छ। त्यस्तै, उत्पादन समूह २१.५१, होटल तथा पर्यटन समूह ६५.२४, लघुवित्त समूह १४.४, जीवन बीमा समूह ५१.२८, लगानी समूह ०.४६ र अन्य समूह ७.५ अंकले घटेको छ। 

आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै २८ करोड ६२ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै ६ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ।

शीर्ष समाचार

धेरै पढिएको