October 16, 2026, Friday
KN hd tv

नेप्सेमा नयाँ रेकर्डको निरन्तरता

काठमाडौं- गत हप्ता हरेक दिनजसो नयाँ रेकर्ड कायम गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो हप्ता पनि निरन्तरता पाएको छ।

यो साता कारोबारको पहिलो दिन सोमबार नेप्से १७.२० अंकले बढेर २६९१.५५ विन्दुमा कायम भएको छ। नेप्सेको इतिहासमा परिसूचक यो विन्दुमा पुगेको पहिलोपटक हो।

आज २१६ वटा कम्पनीको एक करोड ३६ लाख ३२ हजार कित्ता सेयर ७९ हजार ७३२ पटक खरिद बिक्री हुँदा सात अर्ब ५० करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज जीवन बिमा समूहको उपसूचक सबैभन्दा धेरै १९७.७९ अंकले बढेको छ भने लघुवित्त समूहको उपसूचक १८८.५६ र निर्जीवन बिमा समूहको उपसूचक १६३.७६ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह १७.८१, विकास बैंक समूह ३९.३६, उत्पादन समूह १४.६ र म्युचुअल समूह ०.०२ अंकले बढेको छ। 

आज सबैभन्दा धेरै घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ। उक्त समूहको उपसूचक ७५.१९ अंकले घटेको छ। त्यस्तै व्यापार समूह ६९.६२, जलविद्युत समूह ४२.६७, वित्त समूह १.३६, लगानी समूह ०.३३ र अन्य समूह २९.७२ अंकले घटेको छ।
 
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २५ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडका चार लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ। आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९.९६ प्रतिशतका दरले कमाएका छन भने सान्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४.४१ प्रतिशतका दरले सबैभन्दा धेरै गुमाएका छन्।

शीर्ष समाचार

धेरै पढिएको