October 22, 2024, Tuesday
KN hd tv

खुमलटार बैठक: सबैको पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता

काठमाडौँ – बिहीबार बिहान खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग आफ्नै निवासमा छलफल गरेका हुन् ।

छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले बताए । उनका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको छ ।

‘छलफल भयो । सबैको पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता व्यक्त भयो । यसका लागि थप छलफल गर्न आवश्यक पनि देखियो’, छलफलपछि नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको