October 22, 2024, Tuesday
KN hd tv

प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान साढे ११ बजेबाट सुरु भएको बैठक करिब एक घण्टा बसेर सकिएको हो ।

आजको बैठकमा पाँच जना नेताहरुले धारणा राखेका थिए । आज बोल्नेहरुमा मातृका यादव, योगेश भट्टराई, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईँ रहेका छन् ।

बैठकमा मन्त्री भट्टराई बाहेक अन्य चार जनाले प्रधानमन्त्री अ‍ोलीको राजीनामा मागेका थिए । मन्त्री भट्टराईले भने राजीनामाको विषय बैठकमा उठाएनन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए ।

बैठकमा सरकारका कामको समीक्षा, भारतीय सीमा विवाद, कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र पार्टी सञ्चालनबारे छलफल भएको थियो । अर्को बैठक भोली बिहान ११ बजे बस्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको