सुनको मूल्य तोलामा पाँच सय घट्यो
- Khabar Nirantar
- २०७७ फाल्गुन १४
काठमाडौं- आज सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ घटेको छ। छापावाला सुन आज तोलामा रू. ८८ हजार ८०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।
छापावाला सुन बिहीबार तोलामा रू. ८९ हजार ३०० मा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन तोलामा रू. ८८ हजार ३५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन बिहीबार तोलामा रू. ८८ हजार ८५० मा कारोबार भएको थियो।
यसैगरी, चाँदी तोलामा रू.२० ले घटेको छ। रू. एक हजार ३५५ मा बिहीबार कारोबार भएको चाँदी आज भने रू. एक हजार ३३५ मूल्य निर्धारण भएको छ।
शीर्ष समाचार
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रतिकृया दिनुहोस्