October 19, 2026, Monday
KN hd tv

४५ अंकले घट्यो नेप्से

काठमाडौं– यो साता कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४४. ९४ अंकले घटेको छ। १.७३ प्रतिशतले घटेर परिसुचक ४४.९४ अंकमा कायम भएको छ।

आज २०६ वटा कम्पनीको १ करोड ५८ लाख ५६ हजार कित्ता सेयर ८३ हजार ४०७ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज सबै समूहको उसुचक रातो देखिएको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसुचक २९९.७८ अंकले घटेको छ भने निर्जीबन बिमा समूहको उपसुचक १७६.१८ अंकले घटेको छ।

बैंकिङ, व्यापार, होटेल र विकास बैंक समूह क्रमशः ३७.४९, ५५.१, १७.३६ र ४७.४७ अंकले घटेको छ। त्यस्तै जलविद्युत समूह २७.७५, वित्त समूह २५.७२, उत्पादन समूह ७२.२७, लघुवित्त समूह ६०.४८ र अन्य समूह ३६.७८ अंकले घटेको छ। 

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैैंक (निफ्रा) पहिलो नम्बरमा देखिएको निफ्राको ९० करोड ३५ लाख ६७ हजार रुपैयाँ बराबरको १६ लाख ४९ हजार ९३० कित्ता सेयर खरिद–बिक्री भएको छ।

शीर्ष समाचार

धेरै पढिएको