July 27, 2024, Saturday
KN hd tv

बैंकबाट कीर्ते गरी सवा करोड निकाल्ने मालपोतका कर्मचारी पक्राउ

काठमाडौं- कीर्ते गरी राष्ट्रिय वाणिज्य बैंकबाट सवा करोड रूपैयाँ निकाल्ने मालपोतका कर्मचारी पक्राउ परेका छन्।

मालपोत कार्यालय भरतपुर चिवतनमा कार्यरत लेखा अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार तारकेश्वर नगरपालिका–६, काठमाडाैंबाट पक्राउ गरेको हो।

परियारसमेतका व्यक्तिको मिलेमतोमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय भरतपुरमा बैंकको छाप, कर्मचारीको हस्ताक्षर कीर्ते गरेर १ करोड १७ लाख २४ हजार ५ सय ३८ रूपैयाँ निकालिएको थियो।

शीर्ष समाचार

धेरै पढिएको