July 27, 2024, Saturday
KN hd tv

धितोपत्र बजारको नियमित कारोबार आजदेखि सुरु

काठमाण्डाै – धितोपत्र बजारको नियमित कारोबार आजदेखि फेरि सुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकअनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु गर्न लागिएको हो ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको छ ।

लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डको भनाइ छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड– १९ सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्नेछ ।

यस्तै धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाही गरिने बोर्डले चेतावनी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको