अध्यादेशविरुद्ध रणनीति बनाउन विपक्षी दलहरूको बैठक आज

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक आज मध्यान्ह १२ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ।

प्रतिनिधिसभा बैठकमा सरकारले पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेपछि त्यसविरुद्ध रणनीति बनाउन बैठक आह्वान गरिएको हो। बैठकमा माओवादी केन्द्रसहित नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र आम जनता पार्टी (आजपा) लगायतका दलहरूको सहभागिता रहने बताइएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा