काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ।
पार्टी प्रवक्ता अग्नी सापकोटाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ८ बजे बैठक बस्ने तय गरिएको छ। आइतबार बस्ने भनिएको बैठक सारिएको हो।
माओवादी केन्द्रले फागुन १२ गतेदेखि सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान आइतबारदेखि अस्थायी रूपमा स्थगित गरी नेताहरू काठमाडौं फर्किएका छन्।
बैठकमा चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
