ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन् । कार्की १४ हजार २०८ मत ल्याएर विजयी भएकी हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाएका छन् । सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् ।
