सांसद संग्रैलाद्दारा किसानले मल पाउने-नपाउनेबारे सरकारले जानकारी दिन माग

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डिला संग्रैलाले किसानले मल पाउने-नपाउनेबारे सरकारले सदनमा जानकारी दिन माग गरेकी छन्। 

प्रतिनिधि सभामा बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले उक्त माग गरेकी हुन्।

‘मानो रोपेर मुरी उब्जाउने बेला किसानले मल पाएका छैनन्,’ उनले भनिन्, ‘किसानले मल कहिले पाउँछन्? त्यसबारे सदनमा जानकारी दिन सभामुखमार्फत् माग गर्दछु।’

देशका विभिन्न ठाउँमा बाढी पहिरोबाट भएको क्षतिप्रति सरकारले ध्यान दिन पनि आग्रह गरेकी छन्। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा