काठमाडौंमा पुनः बर्डफ्लु पुष्टि

spot_img

काठमाडौं – काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पिसिआर विधिबाट गरेको परिक्षणमा बर्डफ्लु पुष्टि भएको हो ।

पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म बिष्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा