काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवका गतिविधि पार्टीका विधान विपरित स्पष्टीकरण सोधेका छन् । ठाकुरद्वारा जारी गरिएको विज्ञप्तिमा अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार यादवसंग तीनदिन भित्रमा स्पष्टीकरण दिनुपर्ने बताइएको छ ।
अध्यक्ष ठाकुरले संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा किन र कुन कारणले हस्ताक्षर गरेको भन्दै यादवसंग प्रश्न गरेका छन् ।
’ विज्ञप्तिमा लेखिएको छ, ‘जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ ९५० अनुसार प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धका उम्मेदवार शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउने प्रस्ताव जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ?
उनले संघर्ष र आन्दोलनको क्रममा लगाइएका झुठ्ठा मुद्दा फिर्ता, संविधान संशोधन जस्ता मुद्धा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा यादवलाई कहाँनेर ठोस पुग्यो भन्ने पनि सवाल गरेका छन् ।
‘सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धको रिटमा हस्ताक्षर गर्नुको कारण पनि सोधिएको छ ।


त्यस्तै, उताबाट यादवले पनि ठाकुरलाई प्रधानमन्त्रीको कदमलाई किन साथ दिएको भन्दै स्पष्टीकरण सोधेका छन् । यादवले नौ बुँदामा स्पष्टीकरणको माग गरेका हुन् । ठाकुरलाई यादवले सोधिएको स्पष्टीकरणमा लेखिएको छ, पार्टीको निर्णयबिना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरू लेख्ने पठाउने कार्य किन गरेको ?



