बूढानीलकण्ठमा बस्दै नेपाली कांग्रेसको पदाधिकारी बैठक

spot_img

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बिहान बस्ने भएको छ। बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने उनको भनाइ छ। आजको बैठकमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

बैठकमा पार्टी सभामपतिले मंगलबार विपक्षी गठबन्धनको बैठकका बारे समेत पदाधिकारीलाई जानकारी गराउने बताइएको छ।

साथै, आजको बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनबारे समेत छलफल हुने पौडेलले बताए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा