October 18, 2026, Sunday
KN hd tv

तारकेश्वरमा कोरोना संक्रमितलाई पाँच हजार दिइने

काठमाडौं : तारकेश्वर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ दिने भएको छ। नगरपालिकाभित्र संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो।

कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए। 

हाल नगरपालिकामा संक्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष  छन्। निको हुनेको संख्या एक हजार ८२९  छ। कोरोनाबाट अहिलेसम्म सातजनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन्। 

शीर्ष समाचार

धेरै पढिएको