नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो महाधिवेशनको अवसरमा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमा आइतबार लेख्दै सभापति थापाले रास्वपालाई छोटो समयमै जनताको मन जित्न सफल भएको भन्दै त्यसलाई कायम राख्न सुझाव दिएका छन् । रास्वापा सभापति रवि लामिछानेलाई संबोधन गर्दै थापाले ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा सङ्गठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।’ भन्ने उल्लेख गरेका छन् । उनले महाधिवेशन रास्वपाका लागि विचार, सङ्गठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हुने भन्दै लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जबाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने आफुले अपेक्षा लिएको बताएका छन् । रास्वपा महाधिवेशनमा पुराना दलका शिर्ष नेताहरु सहभागि नहुने बताए पनि कांग्रेस सभापति थापा भने जाने नजाने अन्यौल नै छ ।

