नेपाली कांग्रेस भित्रको विवाद थप बढ्रदै जाने संकेत देखिएको छ । सभापति गगन कुमार थापाले संस्थापन इतरका १९ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेपछि कांग्रेस भित्रको विवाद थप बढ्ने देखिएको हो । संस्थापन इतर पक्ष अहिले देशभरी प्रदेश सम्मेलन गरि रहेको छ । मंगलबार कोशीमा भेला गरेको सो समुहले बुधबार बागमतीमा भेला गर्दैछ । संस्थापन इतर समुहका नेता पुर्ण बहादुर खड्का र शेखर कोइरालाले सामाजिक संजालमा छुट्टा छुट्टै पोष्ट गर्दै केन्द्रीय सदस्य मनोनयन आफुहरुको परामर्श बिना भएकाले स्विकमार गर्न नसकिने बताएका छन् । उनिहरु दुवै जनाले समुहलई जानकारी नै नदिइ पार्टीलाई एकता बनाउनुको साटो थप समस्या निम्तने गरी भएको केन्द्रीय सदस्य मनोनयन अस्विकार्य भएको बताए । ‘बैशाख २८ गते भएको केन्द्रीय सदस्य मनोनयनले एकातामा ठेस लागेको छ’ दुवै नेताले लेखेका छन्
केन्द्रीय सदस्य मनोनयनले एकतामा ठेस पुग्यो – खड्का – कोइराला पक्ष
Previous article
Next article
