महाधिवेशन प्रतिनिधिसँग ओली : बाहिर चर्चा भएजस्तो तिक्तता पार्टीभित्र छैन

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाहिर प्रचार भएजस्तो तिक्तता पार्टीभित्र नभएको बताएका छन् ।

११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँग आइतबार आफ्नै निवास भक्तपुरको गुण्डुमा भेट गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले सहमतिबाट नै नेतृत्व चयनको लागि प्रयास भइरहेको बताउँदै महाधिवेशन बाहिर चर्चा गरिएजस्तो तिक्ततापूर्ण प्रतिस्पर्धा नहुने दाबी गरेका एक नेताले जानकारी दिए ।

भेटमा रामेछाप भूगोल भएका केन्द्र, प्रदेश तथा जिल्लाका प्रतिनिधिको सहभागिता थियो। सो क्रममा नेताहरूले अध्यक्ष ओलीलाई जिल्लाको वस्तुस्थिति बारे संक्षिप्त जानकारी गराएका थिए।

अध्यक्ष ओलीलाई भेट्न पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल तथा जिल्लाबाट प्रतिनिधि छानिएका नेताहरू गुण्डु पुगेका हुन्।

एमालेको महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने चर्चा छ। पोखरेल पक्षमा पूर्वराष्ट्रपति विद्या भण्डारीसमेत खुलेपछि ओलीले महाधिवेशन प्रतिनिधिलाई आफूतिर आकर्षित गर्न विभिन्न प्रयास गरिरहेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा