काठमाडौं : काठमाडौंमा एक प्रहरीले आफ्नै चार महिने छोराको हत्या गरेका छन् ।
सिनामंगलमा बस्दै आएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई)पुस्कर कार्की आफ्नै चारमहिने छोराको हत्या आरोपमा पक्राउ परेका छन्।
छोराको हत्या गरेर भाग्दै गरेको अवस्थामा आइतबार साँझ नागढुंगाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
आइतबार दिउँसो चार बजे चार महिने छोरा माहिरको हत्या गरेर भाग्दै गरेको सूचनाको आधारमा कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको उनले बताए । कार्कीको आक्रमणबाट पत्नी कृष्णा साउद पनि घाइते छिन् । उनको उपचार हुँदैछ।
ब्रेन ट्युमरका बिरामी छोरालाई आइतबार दिउँसो सिनामंगलस्थित डेरामा कार्कीले धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
छोराको उपचारको विषयमा श्रीमती कृष्णासँग विवाद हुँदा घटना भएको प्रहरीको भनाई छ ।
कृष्णा पनि प्रहरी जवान हुन्। कामकै शिलशिलामा चिनजान भएपछि उनीहरूले विवाह गरेका थिए।

