राजनीतिक दलसँग छलफल गर्ने तयारीमा राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छन् ।
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धमा छलफल गर्न राष्ट्रपतिले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाएका हुन् ।
शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा सरकार र राजनीतिक दलहरूसँग छलफल गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए । कार्कीले निर्वाचनको वातावरण बनाउन राष्ट्रपतिले नै पहल लिन आग्रह गरेपछि राष्ट्रपति पौडेलले सरकार र निर्वाचनका ‘स्टेक होल्डर’ लाई बोलाएका हुन् ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । तर, निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग संवाद अगाडि नबढाएपछि राष्ट्रपतिले संवाद गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस्