October 27, 2024, Sunday
KN hd tv

काठमाडौँ उपत्यकामा आज थप १४१६ जनामा कोरोना पुष्टि

काठमाडौँ – उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना रहेका छन् ।

शनिबार काठमाण्डु उपत्यकामा १४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा २१००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना रहेका थिए ।

योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ४२ हजार ८५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको