October 19, 2026, Monday
KN hd tv

शिर्षक: कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली महिलाको मृत्यु

काठमाडौं, वैशाख ३० । ताप्लेजुङको कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली महिला पर्वतारोहीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृत्यु हुनेमा ६३ वर्षीया मार्गेटा मोरिङ रहेकी छन्। सिरीजङ्घा गाउँपालिका–८ बाट वैशाख २६ गते कञ्चनजंघाको दक्षिणी धार हुँदै आरोहणमा गएकी मोरिङको वैशाख २७ गते राति करिब ११ बजे ८ हजार मिटरको उचाइमा पुग्दा मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक रोहिकुमार शर्माका अनुसार उक्त खबर सोमबारमात्रै प्रहरीलाई प्राप्त भएको हो। आरोहणमा सँगै गएका गाइड योगेन्द्र तामाङका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि मोरिङको मृत्यु भएको हो।

उनी अर्का एक फ्रान्सेली नागरिकसहित गाइडसँगै कञ्चनजंघा आरोहणमा गएकी थिइन्। हाल शव करिब ७५ सय मिटरको उचाइमा रहेको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको