देशलाई संकटबाट जोगाउन कांग्रेस-एमाले गठबन्धन आवश्यक थियो : उपप्रधानमन्त्री सिंह

पाल्पा । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको गठबन्धन तत्कालीन परिस्थितिको आवश्यकता भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ, पाल्पा शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिंहले राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः बनेपछि गठबन्धन सरकार आवश्यक परेको स्पष्ट गरे। देशलाई संकटबाट जोगाउन नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्दै एमालेसँग सहकार्य गर्नुपरेको बताए।

जनताले परिणाममुखी सरकारको अपेक्षा गरिरहेको उल्लेख गर्दै उनले अब कम बोल्ने र बढी काम गर्ने समय आएको धारणा राखे।

फरक प्रसंगमा सिंहले पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा थप्ने सरकारको कुनै योजना नरहेको बताए। उनले राजावादी गतिविधि बढे पनि राजतन्त्रको बहस गर्नु निरर्थक रहेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा