काठमाण्डौ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ। उहाँ झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम अनुसार भ्रमणको आरम्भ गर्नुभएको हो।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र अन्य उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रीलाई बिदाइ गर्नुभएको थियो। भारत सरकारको निमन्त्रणामा आयोजना हुने राइसिना डायलगमा मार्च १७ देखि नयाँ दिल्लीमा सहभागी हुने क्रममा, मन्त्री राणासँग विभिन्न देशका प्रधानमन्त्री र विदेशमन्त्रीहरूको सहभागिता रहनेछ र उहाँले सम्बोधन गर्नुहुने अपेक्षा गरिएको छ।
यही भ्रमणकै क्रममा मन्त्री राणा आफ्नै स्वास्थ्य जाँचको फलोअप पनि गराउने कार्यक्रम छ।
