ऊर्जा मन्त्री दीपक खड्काको प्रतिपक्षी दललाई सुझाव: कुलमान घिसिङलाई काँधमा बोकेर नहिँड्न

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काँधमा बोकेर नहिँड्न प्रतिपक्षी दललाई सुझाव दिएका छन्। बिहीबारको बैठकमा कुलमानबारे उठेका प्रश्नको जवाफ दिँदै उनले नीति र नियम सबैले मान्नुपर्ने बताए।

मन्त्री खड्काले भने, “एउटा कर्मचारीलाई काँधमा बोकेर हिँड्दा… गाउँघरतिर भन्छन् अलिक राम्रो छैन। बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ भन्छन्।” उनले प्रतिपक्षी दलका नेता माओवादी केन्द्रप्रति लक्षित गर्दै आफूलाई निर्वाचनमा मत हाल्दा हात दुखेको र ढाड सिधा गर्न नसकेको बताएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा