October 22, 2024, Tuesday
KN hd tv

विद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु

खोटाङ । विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोमा पुरिएर ज्यान गएको छ । खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवारको आज (बिहीबार) बिहान विद्यालय जाँदै गर्दा पहिरोले पुर्दा ज्यान गएको हो । लामिडाँडास्थित विश्वज्योती माविमा कार्यरत शिक्षिका नेवार वडा कार्यालय नजिकै पहिरोमा पुरिएकी हुन् ।

करिब सय मिटर माथिबाट सडकको डिल खस्दा शिक्षिका पुरिएको वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए । स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाउँदा उनी मृत भेटिएकी हुन् । पहिरो जाने जस्तो देखेपछि स्थानीयले त्यो बाटो नहिड्न सुझाएका थिए । तर, स्कूल पुग्ने हतारमा रहेकी उनी फर्केर अर्को बाटो जान नमानेको स्थानीय बासिन्दाले बताएका छन् । उनी केही महिनापछि अनिवार्य अवकास लिँदै थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको